मधेश टप डेस्क,

जनकपुरधाम : विकासको मामिलामा लक्ष्मीनियाँ गाउँपालिले धनुषाको कयौ पालिकाहरुलाई पछाडी पारेको छ । समयमै परिषद् गरेर विकास निर्माण लगायतको योजनाहरु संचालन गर्न पालिकाको चासो सधै देखि अगाडी नै छ ।

अन्य वडाहरुमा जनताले विकास निर्माणको अनुभूति गरिरहँदा गाउँपालिकाको केन्द्र रहेको लक्ष्मीनियाँ (कुम्हरौडा) मा भने जनता अझै यसको प्रतिक्षामा छन् ।

वडा नं. ७ रहेको लक्ष्मीनियाँका वडाध्यक्ष साहले गएको चार वर्षमा आप्नो जग्गाको मुल्यांकन मात्रै बढाउने कार्यमा केन्द्रित भएको स्थानीयहरुको गुनासो छ । आफ्नो खेतहरुमा पालिकाको बजेटले बाटो निर्माण गर्न सफल भएका छन् ।

वडाध्यक्ष गंगा साहले चार वर्षमा गरेको कामकाजको कुनै लेखजोख सार्वजनिक नगरेर आफु मात्रै खुशि योजना बनाउने र उपभोक्ता समिति बनायएर बजेट चलाउँदै आएको स्थानीय युवाहरुको आरोप छ ।

सर्वसाधारणको कामकाज सरल तरिकाले गर्न नसकेका वडाध्यक्ष साहले बजेटको पैसा हिनामिना गरेपछि स्थानीय युवाहरु विरोधमा उत्रेका छन् ।
स्थानीय युवाहरुले विभिन्न मागहरु राखेर बिहीबार उनी विरुद्ध गाउँपालिका अध्यक्ष विन्देश्वर यादवलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
२०७४ सालदेखि चालु आर्थिक वर्षसम्म भएको खर्चको विवरण, योजनाहरु छनौट गर्दा भेला गरिएको माइन्युट सार्वजनिक, उपभोक्ता समिति गठन गरिएको भेलाको माइन्युट सार्वजनिक, योजना संचालन गर्न गठन गरिएको उपभोक्ता समितिको नाम सार्वजनिक, वडा कार्यालयमा नियुक्त गरिएको कर्मचारीको नाम र टेण्डर वा कोटेशन प्रक्रियाबाट काम गरेको निर्माण कम्पनीको नामावली सार्वजनिक लगायतको माग अघि सार्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

स्थानीय युवाहरुको टोलीले मागहरु आउँदो चार दिन भित्र नभए संघर्षमा जाने चेतावनी समेत दिएका छन् । उनले गरेको कामकाजप्रति स्थानीयमा व्यापक गुनासो छ । युवाहरुले यो पनि भने  गाउँपालिका  अध्य्क्षलाई कि यसको कुनै निसकर्स निस्किएन भने गाउँपालिकामा तालाबन्दि समेत गर्छौं  ।