जनकपुरधाम, जेठ २२ 

मधेश टप: उपप्रधान तथ सहरी विकासमन्त्री राजेन्द्र महतोको पुतला जलाउन खोज्ने ११ विद्यार्थी नेता पक्राउ परेका छन् ।

मन्त्री महतोको अभिव्यक्तिको विरोधमा उत्रिएका एमाले माधव- झलनाथ समूहका विद्यार्थी नेताहरूलाई प्रहरीले काठमाडौंको वानेश्वरबाट पक्राउ गरेको हो ।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, महासविच आरती लामा, सचिवहरू टपेन्द्र शाही, मेधनाथ चापागाईं रहेका छन् । त्यस्तै, महेश श्रेष्ठ, अशोक थापा, लक्ष्मी क्षत्री, हर्क बम, आकाश खनाल, अमर पुन, मानबहादुर बुढा छन् ।
११ जनालाई पुलिस क्लबमा राखिएको छ जनाएको छ ।

उपप्रधान तथा शहरी विकासमन्त्रीमा नियुक्त भएलगत्तै महतोले नेपाल बहुल राष्ट्रिय राज्य नभएसम्म आन्दोलन जारी राख्ने अभिव्यक्ति दिएपछि त्यसको व्यापक विरोध भइरहेको छ ।