• राजेन्द्र महतो

लहान : देशमा पछिल्लो समयमा कोरोना बाट मानिसको मृत्यु बढ्न थालेपछि मानिसहरू टोल छिमेकलाई कोरोना बाट बचाउन पूजापाठ गर्न थालेका छन् । कतै भगवती देवीको नाममा पुजा गरिएको छ भने कतै गाउँको रक्षक डीहिबारको पुजा गरिने गरेको छ।

सिरहाको धनगढीमाइ न . पा. -१४ हाथिढुङ्गा बस्तीमा कोरोना बाट बच्न संसारी देवीको पूजा गरिएको छ ।
गाउँको खोला किनारमा गाउँका सबै भेला भएर कोरोना भगाऔ भन्दै धनगढीमाई -१४हाथिढुङ्गा बस्तीमा स्थानियको अगुवाइमा संसारी भगवतीको पूजा गरिएको हो ।

स्थानिय झाक्रीद्वारा डाँडामा गरिएको पूजामा दुईटा पाठी ,एक भाले कुखुरा ,दुई परेवा लगायत पान फूल नैवेद्य चढाएर पूजा गरिएको पुजामा सहभागी स्थानिय बुद्धिजीवी कुलबहादुर कार्कीले बताए ।
पुजा ले हाथी ढुङ्गा वासीको रक्षा गर्ने भएकोले स्थानीय गाउँलेको सहयोगमा पुजा गरेको स्थानिय उदयबहादुर कार्कीले बताए ।

संसारी देवीले कोरोना बाट बचाउने भएकोले विश्वास र आस्थाका साथ अग्लो डाँडामा पूजा
गरिएको स्थानीय समाजसेवी अर्जुन बुढाथोकीले बताए।

बिहान करिब ९ बजे आयोजित उक्त पूजामा स्थानिय सबैको सहभागीता रहेको स्थानिय महिला नेत्री लक्ष्मी रसाइली बताइन।

पूजा समाप्त गरी बलि दिएका पाठी ,कुखुरा ,परेवा लाई एक ठाउँमा जम्मा गरी प्रसादको रूपमा सबै गाउँलेले मिलेर ग्रहण गरेको युवा गणेश कार्कीले बताए ।

समाजमा यसरी धार्मिक सांस्कृतिक बिश्वास बढेकोमा स्थानियहरु हर्षित भएको स्थानीय शिक्षक योग बहादुर राउत बताउछ्न।