• नरेन्द्र महताे

गाैशाला (मधेश टप) :  महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका ६ मा साेमवार राति लुटपाट भएको छ।स्थनीय रामकरण साहको घरमा ६–७ जनाको समूहमा हतियार सहित आएका डाकाको समूहले लुटपाट गरेको हो।

लुटपाट गर्ने क्रममा गुहार गर्दा रामनारायणकी श्रीमती ४५ वर्षीया गायत्री देवी साहमाथि लुटेराहरुले गोली प्रहार गरेका छन्। गोली लागेर घाइते गायत्रीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। गायत्रीको दाहिने तिघ्रामा गोली लागेको छ।

एसपी विष्टका अनुसार डाका समूहले घरमा राखेको २५ हजार रुपैयाँ, ६ आना सुनको मंगलसुत्र, ६ आनाकै तिलहरी, दुबै कानको मुन्द्रा लुटेर लगेका छन् । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए ,नेपाल खबर