मधेशटप डेस्क, 

जनकपुरधाम :   २० जना एकल महिलालाई गाई वितरण गरिए ।

सोही कार्यक्रममा छिन्नमस्ता गाउँपालिका–२ रामपुराका २० जना एकल महिलालाई गाई वितरण गरिएको छ । छिन्नमस्ता विकास तथा पशु पालन कृषक समूहका अध्यक्ष विनोद साफीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा उनीहरुलाई मन्त्री साहले गाई हस्तान्तरण गरेका हुन् ।

‘प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत व्यवसायिक कृषि उत्पादन केन्द्र भैंसी (ब्लक) विकास कार्यक्रम’ छिन्नमस्ता विकास तथा पशु पालन कृषक समूहकै आयोजनामा २० जना एकल महिलालाई गाई वितरण गरिएको छ ।

सो कार्यक्रममा वडा नम्वर २ का वडाध्यक्ष चुनचुन साह, गोपाल झा, ज्ञानी मण्डल, लाल देव यादव लगायतले बोलेका थिए ।