बिरगंज :  मिति २०७८/०२/२९ गते बिहान अं.०३:०० बजेको समयमा यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा जीतपुरसिमरा उ.म.न.पा.वडा नं.०७ स्थित जीतपुर सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.१७ अलौ वस्ने फुल महमद मियाको छोरा वर्ष २० को शारूख खान मियाँले चलाई ल्याएको BR 22 D 4144 नं.को मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक शारूख खानले मोटरसाईकल पछाडी सिटमा लुकाई छिपाई बाधी राखेको हरियो रंगको प्लाष्टिक बोराभित्र अवैध लागू औषध १०० एम. एल.को वनरेक्स (ONEREX) २३०।- (दुई सय तिस) बोतल फेला परेको हुँदा उक्त लागू औषध र BR 22 D 4144 नं.को मोटरसाईकल समेत बरामद गरी आवश्यक अनुसन्धान भईरहेको ।

साथै मिति २०७८/०२/२९ गते बिहान अं.०५:४५ बजेको समयमा ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा जीतपुरसिमरा उ.म.न.पा.वडा नं.०७ स्थित टेडारोड सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.३२ बदननगर वस्ने जविर मियाको छोरा वर्ष २६ को गयासुदिन मियाँले चलाई ल्याएको बा १५ प १७५२ नं.को मोटरसाईकल रोकी चेकजाँच गर्दा निज ग्यासुदिन मियाँले साथमा बोकेको कालो रंगको ब्याग भित्र लुकाई छिपाई राखेको अवस्थामा लागू औषध १०० एम. एल. को वनरेक्स (ONEREX) ५ बोतल र नाईट्राभेट-१० (NITRAVET-10) लेखिएको ७२ (बहत्तर) पिस ट्याबलेट फेला परेको हुँदा उक्त लागू औषध र बा १५ प १७५२ नं.को मोटरसाईकल समेत बरामद गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।