मधेश टप

जनकपुरधाम ३१ जेष्ठ: महोत्तरीमा प्रहरीले लागु औषध गाजा सहित एक भारतीय नागरीकलाई पक्राऊ गरेको छ ।

महोत्तरीका शस्त्र प्रहरी उपरिक्षक सुरेश सापकोटाका अनुसार जिल्लाको सम्सी स्थित नेपाल भारतको सीमानाकामा मोटरसाईकलमा चढी ठूलो मात्रामा लागु औषध बोकेर नेपाल प्रवेश गरेका भारतको सितामढी जिल्लाका खैरबा ५ बस्ने ४० लक्षमण मण्डललाई शस्त्र प्रहरी सम्सी विओपीले नियन्त्रणमा लिएको छ ।

भारतीय नागरीक मण्डललाई गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बीओपी सम्सीले नियन्त्रणमा लिएको छ ।

उनको साथबाट प्रहरीले ५ किलो १०० गा्रम लागुऔषध गाजा बरामद गरेको छ भने उनी सवार ग ३ प ३३१७ नम्बरको मोटरसाईकल पनि नियन्त्रणमा लिएर दुवै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाउँने तयारी भइरहेको शस्त्र प्रहरी उपरिक्षक सापकोटाले जानकारी दिएका छन ।