मधेशटप डेस्क,

जनकपुरधाम :  जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा सात दिन निषेधाज्ञा थप गरेको छ ।

सोमवार वसेको जिल्ला कोभीड व्यवस्थापन समितिको निर्णयले जिल्ला भित्र कोभीडको अवस्थामा क्रमश : सुधार देखिएपनि संक्रमणको चुनौती अझै कायम रहेकोले निषेधाज्ञालाई थप सात दिन निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

निर्णय अनुसार विहान ९ बजे सम्म मात्र खुल्ने पसलहरु अब ११ बजे सम्म खुल्ने निर्णय गरिएको छ भने बैंक तथा वितिय संस्थाहरुको हकमा पचास प्रतिसत कर्मचारीको उपस्थिती भई सेवा सुचारु गर्न निर्णय गरिएको छ ।

साथै निषेधाज्ञा उलंघन गर्ने व्यक्ति तथा संस्थालाई कोभीड संकट व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न वनेको अध्यादेश २०७८ बमोजीम कारवाही गरिने समेत निर्णय गरिएको छ ।

त्यसैगरि पसल तथा व्यवसायी एवम ग्राहकहरुलाई स्वास्थय मापदण्डको पुर्ण पालना गर्न गराउन जनकपुरधाम उद्योग वाणिज्य संघ र धनुषा चेम्वर अफ कर्मसले अभियान संचालन गर्ने निर्णय गरिएको जारी विज्ञप्तीमा उल्लेख छ ।