मधेशटप डेस्क,

महोत्तरी :  विश्वव्यापि महामारीकाे रुपमा फैलिएकाे नयाँ भेरिएन्ट सहितकाे काेराेना भाइरस जिल्लाकाे विभिन्न स्थानमा बढदै गईरहेकाे कारण महाेत्तरी जिल्ला काेभिड व्यवस्थापन समितिकाे बसेकाे बैठककाे सिफारिसमा जिल्ला भरी सातदिन निषेधज्ञा थप गरिएकाे जिल्ला प्रशासन कार्यालय महाेत्तरीले साेमवार एक सुचना प्रकासित गरि जानकारि दिएका छन।

उक्त बैठकले २०७८/२/३१ गते राति १२ वजे देखि २०७८ ३/७ गते राति १२ वजे सम्म थप गरिएका छन ।

यसपालिकाे निषेधज्ञमा पहिलेकाे भन्दा केहि व्यवसायमा छुट दिएका छन ,छुट दिने व्यवसायहरुमा कृषीजन्य सामाग्री,हार्डवेयर ,पुस्तक पसलहरुलाई दिउँसाे १ वजे देखि ५ वजे सम्म खाेलिने अनुमति दिएका छन भने वाँकि व्यवसायहरु पहिलेकाे अनुसार नै बन्द रहेन जनाएकाे छ ।