राजेन्द्र महतो

लहान असार १ : महामारी को समय मा बालबालिका हरुलाई पहिलेको भन्दा बढी श्रमबाट बचाउनुहोस् भने मूल नरा को साथ “सनराइज यूथ सिरहा सञ्जाल”ले सिरहाको मिर्चैया नगरपालिका का बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गर्दै जनचेतना कार्यक्रम सम्पन्न गरेका छन |

बालश्रम विरुद्धको दिवसको अबसरमा सनराइज युथ सिरहा सञ्जाल ले सिरहाको मिर्चैया नगरपालिका वार्ड न ३ र ११ का बालबालिका हरु लाई कापी, किताब पेन्सिल कटर इरेजर लगायत का शैक्षिक सामग्री वितरण गर्दै बाल श्रम विरुद्ध जनचेतना कार्यक्रम सम्पन्न गरेका हुन।

No description available.

का्यक्रमको पहिलो दिन मिर्चैया नगरपालिका ११ र दोश्रो दिन मिर्चैया नगरपालिका ०३ मा बालबालिका हरु लाई शैक्षिक साम्रग्री वितरण गर्दै बालश्रम गराउनु हुदैन र बालबालिका हरू लाई पढाउनु पर्छ भन्दै जनचेतना कार्यक्रम सम्पन्न गरेका छ्न।

बालश्रम बिरुद्द मा पाइला चाल्दै बालबालिका हरू पढाइ मा रुचि बढोस भने उद्धस्य ले जनचेतना कार्यक्रममा बालबालिका लाई शैक्षिक सामाग्री हरु वितरण गरिएको सनराइज युथ सिरहा सञ्जालकी अध्यक्ष शोभा शाह ले बताएकी छिन।

No description available.

कार्यक्रममा सनराइज युथ सिरहा सञ्जालकी अध्यक्ष शोभा शाह लगायत अन्य पदाधिकारीहरु क्रमशः सन्तोष साह, , पारस जैसवाल,अनिल सिंह,रुपेश साह, तथा स्थानीय बुद्धिजिवी शंकर यादव , चन्द्र यादवको सहभागीता रहेका थिए।