मधेशटप डेस्क,

नरेन्द्र महतो/महोत्तरी : महाेत्तरी जिल्लाकाे अाैरहि नगरपालिकामा रहेकाे कठुधार चाैकिमा कार्यरत प्रहरीले खुलेअाम रुपमा पैसा व्यापारीहरु बाट असुल गरेकाे समाजिक संजालमा भिडियाे साेमवार सर्वजानिक भएकाे छ। भंसार तिरर ल्याएकाे व्यपारी सँग पैसा लिदै गरेकाे दृष्य पत्रकारकाे कैमरामा कैद भए पछि रहस्य वाहिर अाएकाे छ ।

घुस लिने प्रहरी जवान राम विश्वास साहले पत्रकार ललन मंडललाई दुर्व्यवहार गरेको दृष्य कैमरामा कैद भए पछि समाजिक संजालमा भाईरल भएकोले समाजिक संजाल नै अति वेला तातिएका छन ।

भन्सार तिरेर आएको व्यक्तिले पनि चिया पान खानको लागि आज पचास रुपैया दिएको स्वीकार गरेका छन ।उता प्रहरीको निमावलिअनुसार कार्यवाई हुने र अहिले जिल्ला प्रहरी कार्यालय जलेश्ववर सँग कुराकानि भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक विष्णु प्रदीप बस्यालले जनाएका छन ।