मधेश टप

सप्तरी, असार १ : आज सप्तरीको बोदे बरसाईन–विसनपुर सडकखण्डतिर ट्याक्टरको ठक्करबाट मोटरसाइकललाइ एक युवकको मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिका–८ पहाडे भदिया चौकस्थित स १ त २७२६ नम्बरको ट्याक्टरले अनटेष्ट मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा सोही ठाउँका २२ वर्षीय युवक अनिल चौधरीको मृत्यु भएको कुरा जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि लहानस्थित राउ स्मारक अस्पताल पठाउँदा मृत्यु भएको डीएसपी काफ्लेले बताए ।

ठक्कर दिने ट्याक्टर नियन्त्रणमा लिएर दुर्घटनाबारे थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

फोटो टुडेपाटि वाट