मधेश टप

जनकपुरधाम आषाढ १ : समाजबादी विद्यार्थी युनियनको केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं २कोअध्यक्ष दिपेश यादवले सुरेन्द्र झालाई बेलामै ठिक पार्नुपर्छ भनेका छन।

पार्टीको हितविपरीत जे मनमा आउछ त्यही बोल्दै हिँडेको भन्दै दुःख व्यक्त गरेका हुन्। आज अध्यक्ष यादवले आफ्नो फेसबुक एउटा स्टाटस लेख्दै भनेका छन्। यी हुन् जसपा नेपालका केन्द्रीय सदस्य सुरेन्द्र झा आफुलाई कार्यकारिणी सदस्य हु भनी बिभिन्न आम सञ्चार क्षेत्रमा भन्दै हिँड्छन्।

निर्वाचन आयोगले जसपा नेपालकाे ५१जना कार्यकारिणी सदस्यमा उनका नाम छैन तर पनि सुरेन्द्र झाले महन्थ ठाकुरको चाप्लुसी गुनगान गएर भएपनि कार्यकारिणी सदस्य बन्न पाएहुन्थ्यो उनको सोच छ। यस्ता कुपात्रहरुलाई बेलैमा ठिक पारौं कुनै पनि सदस्यले आफ्नो अहोदा भन्दा बढी कुरा गर्नु हुन्न।

सुरेन्द्र झालाई म  के भन्न चाहन्छु भने यदि अली कति पनि बुद्धि विवेक छ भने निर्वाचन आयोगमा गएर कार्यकारिणी सदस्यहरु को को छ हेर्नुस। तपाईंको यस्तै क्रियाकलापले निति आयोगको सदस्य बाट मुख्यमन्त्रीले वर्खास्त गर्या होइन? बिर्सिनु भो? तपाईकुन लेभलको व्यक्ति हाे भनेर चिनाउनुपर्छ र जनतालाई ? विभिन्न किसिमको ठेकेदार कम्पनीहरु चलाएर प्रदेशलाई बर्बाद गर्ने?

म नितिआयोगको सदस्य हु मेराे कम्पनीलाई काम दे भनेर धाकधम्की देखाउने । यस्तै क्रियाकलापले वर्खास्त भएका सुरेन्द्र झा फेरि लाज पचाएर कार्यकारिणी सदस्य हु भन्छ?