मधेश टप डेस्क 

जनकपुरधाम: नुवाकोटमा सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

शिवपुरी गाउँपालिका-१ तलाखु खत्रीगाउँ बस्ने ६० वर्षीय सिंह बहादुर तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

तामाङले ती बालिकालाई ललाई फकाई आफ्नो घरको चोटामा लगि आइतबार यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा प्रहरी चौकी पाटीभञ्ज्याङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।