जनकपुरधाम :  प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७८र०७९ का लागि पौने ३४ अर्ब बजेट ल्याएको छ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँ बजेट प्रस्तुत गरेका हुन्।

जसमा चालूतर्फ १५ अर्ब, ६३ करोड ३३ लाख ४३ हजार अर्थात् ४६/२६ प्रतिशत र पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार ८ अर्थात् ५३/४४ प्रतिशत र वितीय व्यवस्थातर्फ १० करोड अर्थात् ०/३० प्रतिशत बजेट विनियोजन गरेको मन्त्री यादवले बताए।

राजस्वबाट ३ अर्ब ४ करोड ९१ लाख ३० हजार, नेपाल सरकारबाट प्राप्त हुने १३ अर्ब ९० करो ३४ लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब ५८ करोड ८९ लाख, चालू आर्थिक वर्षको विनियोजनबाट ६ अर्ब २५ करोड र एक अर्ब ऋण गरी जम्मा ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको हो।

बजेटमा स्वास्थ्य क्षेत्र, कृषि, शिक्षा, रोजगार, भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतमा जोड दिइएको छ ।

यसअघि प्रदेश २ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट ल्याएको थियो। जसमा चालूतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार अर्थात् ४५/९५ प्रतिशत रकम विनियोजन गरिएको थियो भने पुँजीगततर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार अर्थात ५३।६७ प्रतिशत, वित्तीय व्यवस्थातर्फ १६ करोड अर्थात् ०/४८ प्रतिशत विनियोजन गरिएको थियो।

त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँको बजेट ल्याइएको थियो। यसमा चालूतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पुँजीगततर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार रुपैयाँ छुट्याइएको थियो।