मधेश टप

सप्तरी, असार २ : सप्तरीकाे बलान बिहुल गाउँपालिका स्थित भुतही बलान नदीले बगाउँदा एक बालकको मृत्यु भएको छ ।

खेतमा काम गरिरहेका बुबालाई खाना पुर्याउन गएका सप्तरीको बलान विहुल गाउँपालिका वडा न.–४ वेल्हीका कृष्णदेव भण्डारीका छोरा १३ वर्षीय संतोष भण्डारीको बाढीले बगाउँदा बुधबार अपराह्न ज्यान गएको हो ।

नदी तर्ने क्रममा बेपत्ता भएका सन्तोषको शव खोजविनको क्रममा भारत विहार राज्यको बलानपट्टी गाउँमा फेला परेको सप्तरीका डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार मृतक बालकलाई पोष्टमार्टमका लागि लहान लगिएको छ ।