मधेश टप

जनकपुरधाम, असार २ : पत्रकार महिला मनिका झा उमेशचन्द्र झा स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छिन।

नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झा मानव विकास केन्द्र द्वारा रु. ५१,००० हजारको “उमेश चन्द्र झा स्मृति पत्रकारिता पुरस्कार” यस बर्ष पत्रकार मनिका झा लाई प्रदान गरिएको छ ।

जनकपुर स्थित मानव विकास केन्द्रका अध्यक्ष कुन्दन झाले आफ्ना स्वर्गीय हजुरबुवा समाजसेवी उमेशचन्द्र झाको स्मरणमा स्थापना गरेको ५१ हजार रुपैयाँ राशीको पत्रकारिता पुरस्कार यस वर्ष अन्नपूर्ण पोस्ट प्रदेश २ ब्युरो प्रमुख पत्रकार झालाई प्रदान गरिएको छ ।

मानव विकास केन्द्रको चौथो स्थापना दिवसको अवसरमा बुधबार पत्रकार झालाई नागरिक उड्यन तथा पर्यटन मन्त्री उमाशंकर अरगरिया तथा मानव विकास केन्द्रका अध्यक्ष कुन्दन झाले संयुक्त रुपमा पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका हुन् ।

पुरस्कृत भएकी झा नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष समेत रहेकी छन् ।

मानव विकास केन्द्रले गएको वर्षदेखि जनकपुरलाई केन्द्र बनाई पत्रकारित गर्दै आएका मध्ये एक उत्कृष्ट पत्रकारलाई वार्षिक रुपमा पुरस्कृत गर्न सुरु गरेको थियो ।