मधेश टप

महोत्तरी, असार ४ : आज महोत्तरीको बलबा नगरपालिका प्रमुख विनोद यादव र वडाअध्यक्ष राजकुमार यादवको विरुद्धमा युवाहरुले सडकमै धान रोपेका छन् । अट ध्यानाकर्षण पनि गरेका छन्|

बलबा नगरपालिका वडा नम्बर १० धमौरा बजारबाट ध्रुव कुण्ड तर्फ जाने गाउँको सडक मै युवाहरुले सांकेतिक विरोध स्वरुप धान रोपेका हुन् ।

मेयर र वडा अध्यक्षले बिकासको कामकाज सुस्त गरेको कारण सडक हिलाम्य भएको भन्दै स्थानीय युवाहरु धिरेन्द्र कुमार मण्डल ,आदर्श कर्ण, दीपक कुमार शर्मा लगायतले धान रोपेर विरोध जनाएका हुन् ।

पर्यटन स्थललाई सौन्दर्यीकरण गर्न लाखौं बजेट खर्ज गरे पनि परिक्रमा बस्ने ध्रुव कुण्ड भित्र जाने मुल गेटमै हिलाम्य भएको छ ।

तत्कालै समस्या समाधान नगरे वडा कार्यालय र नगरपालिकामा समेत बिरोध गर्न बाध्य हुने चेतावनी समेत युवाहरुले दिएका छन् ।

टुडेपाटि बाट