नरेन्द्र महताे / गाैशाला

मधेश टप : टिपरको ठक्करबाट एक मोटर साइकल सवार एफ एम कर्मचारीकाे मृत्यु सर्लाहीमा टिपरको ठक्करबाट रेडियाे जुन तारा एफ एम महाेत्तरी गाैशालामा कार्यरत मार्केटिंग म‌‌ैनेजर, अार. जे. तथा मैथिलि कार्यक्रमका संचालक अर्जुन कुशवाहाकाे मोटर साइकल दुर्घटनामा घटना स्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका छन ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुसार हरिपूर्वा नपा ८ मा टिपरको ठक्करबाट एक मोटर साइकल कुशावाहा मृत्यु भएको हो । मृत्यु हुनेमा सर्लाहीको ईश्वरनगरपालिका १३ बस्ने ३० वर्षीय अर्जुन कुशवाहा रहेको र रेडियाे जुन तारा एफ एम मा कार्यरत कर्मचारी रहेकाे प्रहरीले जनाएको छ ।

आज दिउँसो ४ बजे तिर ज ७ प ९०४२ नम्बरको मोटर साइकलमा गइरहेको कुशवाहालाई विपरीत दिशाबाट तिब्र गतिमा आईरहेको टिपरले ठक्कर दिएको थियो ।

टिपरले ठक्कर दिएपछि मोटरसाइकल सहित लडेको कुशवाहाको टाउँकोबाट नै टिपरको चक्का चलेकोले तत्कालै घटना स्थल मै मृत्यु भएको प्रत्यक्षदर्शी स्थानीयहरुले बताएको छ ।

घटना पश्चात आक्रोशित स्थानीयहरुले टिपरमा आगजनी गरेका छन् । स्थानीयहरुले बजार क्षेत्रमा पनि तिब्र गतिमा टिपर चलाएकोले घटना भएको भन्दै टिपरमा आगजनीको साथै सडक अवरुद्ध गरेर अहिले प्रदर्शन गरिरहेका छन् ।

अहिले प्रहरी घटना स्थलमा पुगेर प्रदर्शन नियन्त्रण गर्ने प्रयास गरिरहेको छ भने टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।