• नरेन्द्र महताे

गाैशाला : महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिका वडा न८ शिवनगरमा सडकमा ग्रेवल भईरहेकाे समयमा टेक्टरकाे धुरा भाँचे पछि साइड बाट अर्काे टेक्टर लैजाँदा खाेज्दा अवराेध भएकाे उपभाेक्ता समितिका अध्यक्ष राम विनाेद यादवले बताएका छन ।

सडक सर सफाई,१२ फिट चाैडाई र ६ ईन्च ग्रेवल वापत दस लाख वजेट छुट्अाईएकाे छ ।

सडक चाैडा भए पनि राम एकवाल साह,दिनेश साह र किशुनि मंडलले सडककाे दुवै छेउ बाट अा अाफ्नाे समान राखे पछि टेक्टर तथा सर्वसधारणहरुलाई अावत जावत गर्न निकै सास्ति बेहाेर्नु परेकाेमा यादवले गुनासाे गरेका छन ।

अहिले वर्षातकाे समय अाएकाेले मुख्य सडकमा हिल्लाे वढि हुने भएकाे कारण ग्रेवल गर्न लागेकाे थियाे तर उहाँहरुले अवराेध गरे पछि विकासकाे काम थप भएका उनकाे कथन छ।

उता हामिहरु सडक अवराेध नगरेकाे तथा विकासकाे विराेधि पनि नभएका स्थानिय राम एकवाल साहले स्प्ष्ट पारेका छन ।

गत वर्ष ट्रन्सफर्मर देखि उत्तर माेडहा खाेल्ला सम्म नेपालकाे नक्सा अनुसार सडक छुटयाएर सडक बनाउने स्थानिय तथा गाउँपालिका अध्यक्ष राज कुमार यादवकाे राेहवरमा सहमति भई सहिछाप गरेका थिए तर अाज सम्म उक्त निर्णय अनुसार सडक नबनाई अाफ्नाे मनले जथाभावि सडक बनाउन लागे पछि अवराेध गरेका राम एकवाल साहले बताएका छन गत वर्ष सडक बनाउन दस लाख रु. अाए पनि काम नभएकाे उनले अाराेप लगाएका छन ।