मधेशटप समाचारदाता,

नरेन्द्र महतो/ गौशाला : महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकाकाे वजार क्षेत्रमा एउटा वाँदरले अांतक मचाएकाे छ ।

उक्त बाँदर धेरै दिन देखि बजार स्थानियकाे घरमा गएर खध्यान खाने गरेकाे र समय समय कयाैं केटा केटिहरुलाई टाेकेर घाईते बनाएका विरेन्द्र महताेले बताएका छन ।

गाैशालामा वन कार्यालयकाे अस्थाई अाैफिस भए पनि कुनै ध्यान नदिएकाेमा स्थानियहरुले गुनासाे गरेका छन । अति दिन देखि बाँदरले दुःख दिने गरे पनि स्थानिय निकायकाे ध्यान नगएकाेमा स्थानियहरुले असन्तुष्टि व्यक्त गरेका छन ।

गाैशाला नगरपालिकाकाे उत्तरी भाग जंगल संग जाेडिएकाे कारण जंगल वाट भागेर बजार तिर अाएकाे हुन सक्ने कतिपयकाे अनुमान रहेकाे छ र केहि दिन पहिले नगरपालिकाकाे उत्तरी क्षेत्रमा हात्तिले अांतक मचाएर कयाैं सर्वसधाणहरुकाे घरमा क्षति पुरयाएका थिए ।

विगतमा जे भए पनि अहिले सम्वन्धित निकायकाे ध्यान समयमा पुगाेस र दुर्घटना हुन सकिने वाट बचायाेस महताेकाे कथन रहेका छन ।