मधेश टप डेस्क 

जनकपुरधाम ७ असार: स्कार्पियो को ठक्करबाट एक साइकल सवार एक जना बुढो यात्रु घाइते भएका छन्| धनुषाको लक्ष्मीनिया गा.पा -०७ लक्ष्मीनिया बाजार मा आज भिहन करिब ८:०० बजे तिर दक्क्षिन् बाट उत्तर तर्फ जादै गरेको साइकल लाइ सोहि दिशा वाट गइरहेको स्कार्पियोले गाडी न: बा १३ च ९०७२ ठक्कर दिएका छन् भने कुरा स्थानीयहरु ले बताए|

घटना मा घाइते परेका लक्ष्मीनिया गा.पा वडा न-३ का निवासी जलिल कवारी हुन् भने कुरा स्थानीय प्रहरी कार्यालय ले जानकारी मधेश टप लाइ जानकारी दिएका छन|

स्थानीय अनुसार साइकल सवार मान्छे पेट्रोल पम्प जादा रोड क्रस गर्ने क्रममा तीव्र गतिमा स्कार्पियोले ठक्कर दिएको छ तर पीडक लाइ ज्युदै हेरेर पुन घात गर्न खोज्दा त्यतिबेला सम्म केहि भिड पुगिसकेका थिए|

स्कार्पियो भाग्न थाले पछी स्थानियहरुले आगाडीको चौक निकाल मा फोन गरेर उक्त स्कार्पियो घेराउ गर्न भनेका थिए र संगै स्थानिय प्रहरी कार्यालय लाइ समेत जानकारी दिएका थिए र समय रहेझैँ गाडी पनि प्रहरी नियन्त्रण मा परे| दायाँ र बायाँ दुबै तर्फबाट गम्भीर घाइते भएका जलिल कवारी लाइ अस्पताल पुर्याएका छन् |