विसुन देव सरदार

लहान असार ७ : सप्तरी जिल्लाको कान्छो गाउँपालिका बलानबिहुलमा रहेको अप्पन बेल्ही युवा क्लबले मधेशी आयोगका अध्यक्ष डा. विजय दत्तलाई आफ्ना वाचा प्रति सजग र स्मरण गराएको छ।

\केही दिन उता गत कार्तिक १३ गते बिहीबार बिहान करिव १०:०० बजे बेल्ही युवा क्लबद्वारा आयोजित ” बेल्ही गाउँको विकास ” छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेका थिए।

कार्यक्रममा निम्न विषयहरु प्रति छलफल तथा अन्तरक्रिया गरेका थिए:- – बलान कटान नियन्त्रण । – सीपमूलक / आयमुलक तालिम – शिक्षामा महिलाको सामान पहुँच। – कम्तिमा एउटा माध्यमिक विद्यालयको अनुमति ।

– कृषिमा आधुनिकीकरण – किसानलाई कृषि ऋण सहजिकरण। – प्राथमिक शिक्षा आजको आवश्यकतामा जोड । – प्राविधिक विद्यालयको स्थापना । – कम्तिमा एउटा शित् भण्डारको निर्माण । – खेलकुद स्टेडियम निर्माण ।

– तत्काल क्रिकेट र फुटबल – खेलकुदमा महिलाको सहभागिता । – एउटा एम्बुलेन्स वडा कार्यालयबाट सञ्चालन हुनुपर्ने ।

यी र यस्ता विषय शर्तहरु प्रति छलफल भएका थिए।

दिगो विकासका निम्ति र समृद्ध राष्ट्र समाज निर्माणमा अध्यक्ष डा. दत्तलाई अप्पन बेल्ही युवा क्लबका अध्यक्ष रोशन कुमार यादव र कोषाध्यक्ष कुमर कान्त झाका अनुसार यथाशीघ्र कदम चाल्नुपर्ने बताएका छन।