मधेश टप

जनकपुरधाम, ८ असार: प्रदेश २ सरकारको बजेटमा महोत्तरीको औरही नगरपालिका ३ श्रीपुरमा तीन नम्बर इँटा प्रयोग गरी सडक ढलान हुन लागेको छ ।
प्रदेश २ सरकारको भौतिक पूर्वाधार मन्त्रालयको २० लाखको बजेटमा पूर्वाधार विकास कार्यालय जनकपुर मार्फत सडक ढलान हुन लागेको हो ।

तर ढलानको लागि ग्राइभेल तल नदिइ हिलाम्य सडकमै भुस जस्तो रद्दी इँटा प्रयोग गरी ढलान गर्न लागिएको हो ।

तीन नम्बरी इँटा प्रयोग गरेर जथाभावी गुणस्तरहीन सडक निर्माण गर्न लागेपछि स्थानीय बासिन्दाले विरोध जनाएका छन् ।
पूर्वाधार विकास कार्यालय जनकपुरका साइड इन्जिनियर संजय यादवले सो योजना २० लाख रुपैयाँको भएपनि सडक कति लम्बाई चौडाईको छ भन्ने विषयमा भन्न चाहेनन् ।

‘भौतिक पूर्वाधार विकास मन्त्रालको २० लाख रुपैयाँ बजेटले सडक ढलान हुन लागेको छ । तर कति लम्बाइचौडाइ छ भन्ने थाहा भएन’ ‘त्यहाँ दुई नम्बर इट्टा प्रयोग गरिएको छ भने हटाएर एक नम्बर लगाइन्छ । काम गुणस्तरीय नै हुन्छ ।