मधेशटप डेस्क,

काठमाडौं । आज नेपाल टेलिकमको एनटीसी नेटकर्वमा समस्या आएको छ । काठमाडौं उपत्यकालगायत देशभर एनटीसी नेटकर्वमा समस्या आएको हो ।

बिहानैदेखि एनटिसीको प्रिपेड र पोष्डपेड दुवै नेटवर्कमा समस्या आएको छ ।

मोबाइलमा फुल टावर देखाएपनि मोबाइल फोन नलागेको सेवाग्राहीले गुनासो गरेका छन् । नेपाल टेलिकमले किन नेटकर्वमा समस्या आयो भन्ने कुनै जानकारी दिएको छैन् ।

एनसेल र ल्याण्डलाइन फोनहरुमा भने फोन आउने जाने भइरहेको छ ।