मधेश टप
जनकपुरधाम ९ असार: सडक कोस अवस्था हेरेर देश को राजनीतिक अवस्था पनि बुझ्न सकिन्छ| यस्तै छ साबिक गा.बि.स. डाढा वडा न. १-४ स्थित डाढा टोल हाल परिवर्तित महादेवा गाउँपालिका वडा न.४ को सडकको अवस्था हो यो!
भारदह-अरडी-गोइठी लवलगर भएर डाढा टोल हुदै बलिया बथनाहा-पकरी हुँदै राजविराज जान धेरै प्रयोगमा रहेको ब्यस्त बाटोको अवस्था यस्तो हुनु दु:खद होइन|
आफ्नो गाउँ आफै बनाउँ कन्सेप्टको अधारमा शक्तिशाली स्थानीय सरकारको निति लिएको राज्यमा स्थानीय जनप्रतिनिधि समाजको सामन्ती राजनीतिक संस्कारमा हुर्केका लमप्ट कार्यकर्ता,जनता र जनप्रतिनिधि बिचको परस्परता र उत्तरदायित्व नभएको भरैटो जनप्रतिनिधिकै कारण गाउँ अहिलेसम्म पङ्क अवस्थामा कष्टमय छ्न।
यस विषयमा वडाको वडा अध्यक्ष जुगेश्वर साहलाई ध्यानाकर्षण गराउदै हिलो मुक्त बनाउ चासो लिनुहोस् । तपाईं निवास भएको गाउँ टोलको सडकको अवस्था यस्तो किन?? बाइकमा सवार भाइ तपाईंकै घर अगाडिको सडकको अवस्था होइन?