मधेश टप

सर्लाही, असार ९ गते : ईट्टाभट्टाले खनेको खाल्डो मा पानि जमेर दाजु भाइको मृत्यु भएको छ|  सर्लाहीको मलंगवा नगरपालिका-११ गम्हरिया निवासी सद्दाम अन्सारीका छाेरा ८ वर्षीय रेआज अन्सारी र ६ वर्षीय नेआज अन्सारीकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाख्रा चराउन गएकाे बेला पल्सी भन्ने ठाउँमा ईट्टाभट्टाले खन्दा बनेकाे खाल्डोमा जमेकाे पानीमा पाैडी खेल्न दुई दाजुभाइसँगै पसेका थिए । र बुधबार बिहान साँढे ११ बजे दुई दाजुभाइ डुबेपछि उनीहरुसँगै बाख्रा चराउन गएका अर्का बालकले हल्लीखल्ली गरेपछि गाउँलेले घटनाबारे थाहा पाएका थिए ।

तत्काल ईट्टाभट्टाका मजदुर र गाउँले मिलेर डुबेका दुई बालकलाई निकालेर उपचारका लागि सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा पुर्याएका थिए ।

अस्पतालम पुर्याउँदा पुर्याउदै उनीहरुकाे मृत्यु भइसकेकाे थियोे ।

ईट्टाभट्टा संचालक पत्ता लगाउने तथा घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ ।