विसुन देव सरदार , मधेश टप 

लहान ९ असार: सिराहाको पुर्व पश्चिम राजमार्ग देखि ३ किलोमिटर दक्षिणमा पर्ने साविक गाउँ विकास समिति पिप्रा प्र.ध. वडा न. ६ ( रामपुर ) , हाल लक्ष्मीपुर – पतारी गाउँपालिका वडा नं. १ मा वर्षौंदेखि पुल निर्माण नहुदा स्थानीय लगायत अोहोरदोहोर गर्नेलाई समस्या भइरहेको छ। वडा अध्यक्षको करामत ; असारे विकासमा पुल निर्माण भएको देखिन सकिन्छ ।

गाउँमा करिब २ वर्ष देखि पुल नहुदा आवतजावत गर्न सास्ती भएको देखिन्छ ।

वडा अध्यक्ष र गाउँपालिका प्रमुख र लगायत स्थानीयहरुको रोहवरमा २ महिना अगाडि पर्व पुल शिलान्यास कार्यक्रम सम्पन्न भएका थिए। उक्त पुल रामपुर बजारको पुर्वपट्टीको छेउमा पर्छ।

पुलामा उत्तरी भेग पहाडको डाडाकाडाँबाट पानी आउँछ । पुल नहुदा रामपुरका स्थानीयवासी दुःखको चपेटामा देखिएको हो ।पुल उदधाटन भयो , रकम निकासा भयो , तर कामकाज सुस्त किन होला छोटेराजा ? छोटेराजालाई मेरो प्रश्न रहेको छ।

जनतालाई असारे विकास चाहिदैन्न , दिगो विकासको स्वरुपमा परिवर्तन चाहियो ।

राष्ट्र , समाज परिवर्तनका लागि दिगो विकास अपरिहार्य हुन्छ । पुल निर्माण गर्दा असारे विकासको वर्षायामको मौसममा पुल निर्माण गर्नु आफैंमा एउटा लजास्पद हो ।