लहान ९ असार 

मधेश टप: सिराहा जिल्लाको उत्तरी भेगमा पर्ने साविक गाउँविकास समिति। विष्णुपुरकटी ६ हाल धनगढिमाई १२ मा पर्ने नईनपुर ठटीया सडकको स्तर उन्नती गर्नेक्रममा अजकल्टु सडकमा कालोपत्रे भएपछि युवहरू तातिएका हुन् ।

ठटीयातीर जाने सडकको कालोपत्रे गर्ने क्रममा डोजरले स्थानिय गंगाई महतो र निर्मल यादबको घर अगाडि खनेको बाटो नपुरेपछि करिब ५ फिट गहिरो खाल्डोको कारण आवत जावतमा उत्पन्न कठिनाई र सहजताको बारेमा स्थानिय वडा अध्यक्ष राजु श्रेष्ठलाई पटक पटक बाटोको अवस्थाका बारेमा जानकारी गराउँदा आलटाल गरेको र मेयर हरिनारायण चौधरीलाई भेट्न जाँदा कार्यालयमा नभेटेको युवा रमेश यादबको आरोप छ ।

जनप्रतिनिधिलाई बजेटले पुगेन धान फलाएर बाटो बनाउँछौं त्यसैले बाटोमा धान रोपेको स्थानिय विरेन्द्र महतोले बताए । बिहान ७ बजेदेखि सडकमा धान रोपेपछि यतिबेला बाटोमा ढुंगा मुढा तेर्साएर बाटो अवरुद्ध गरिएको छ ।

बाटोको बारेमा ध्यान नदिए वडा कार्यालय घेराऊ गर्ने स्थानियको भनाई रहेको छ । बाटोमा स्थानिय सरे खोलाको बालुवा राखे तत्काल समस्याको समाधान हुने पक्का रहेकाे छ भने उक्त खोला बाटोबाट १ किलोमीटरको दूरीमा रहेको छ ।

सम्बन्धित निकायले तत्काल ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ ।