विसुन देव सरदार लहान असार ९ 

मधेश टप: सिरहा जिल्लाको नवराजपुर गाँउपालिका वडा न. ४ मा चौकीको अगाडीमा किराना पसलमा चोरी भएको खवर प्राप्त भएको छ ।

मुकेश यादवको किराना पसलमा मध्य रातीमा ताला फोरेर ५० हजारको समान प्रिन्टर मेसिन ,नॉमिनेशन मेसिन र खानेकुराहरु चोरी भएको छ । गाउँपालिकाको प्रहरी प्रशासन माथि प्रश्न बार बार उठिरहेको छ।

चौकीको अगाडीमा किराना पसलमा चोरी कसरी भयो? यो भनेको त थानामा नै चोरी भएको छ ।

के गर्दछन । गाउँपालिकाको प्रहरी प्रशासनहरु यस्ता खालको चोरी हरुबाट आम जनताको विश्वास प्रहरी माथि उठिरहेको छ ।जनतालाई सुरक्षा दिनु हाम्रो प्रशासनले असक्षम भएको छ ।

आम जनताको गुनासो रहेको छ। समयमा नै स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराउन चाहन्छु। यस्ता खालको अपराधीहरुलाई कडा भन्दा कडा कारबाही गर्नुस र जनतालाई सुरक्षा दिन अनुरोध गर्दछु ।