बारा, असार १० गते 

मधेश टप: बारामा चट्याङ् लागेर एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते छन् । मृत्यु हुनेमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२० बस्ने २८ वर्षीय विजय प्रसाद यादव रहेको प्रहरीले जनाएको छ ।

बराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रका अनुसार बुधबार साँझ चट्याङ् लागेर गम्भिर घाइते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल कलैयातर्फ जैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

उनको शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको छ ।

त्यस्तै चट्याङ् लागेर ६० वर्षीया शान्ति देवी र २४ वर्षीय सहमुदीन अन्सारी सामान्य घाइते भएका थिए । जिल्ला अस्पताल कलैयामा उपचारपछि उनीहरु घर फर्किएका हुन् ।