जनकपुरधाम, १२ असार :

आज धनुषामा मिनी ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईजना युवक गम्भीर घाइते भएका छन् ।

धनुषाको कमला नगरपालिका ४ सघारा नजिक जनकपुर तर्फ आउँदै गरेको ज १ क ३६३ नम्बरको मिनी ट्रक र सिरहा तर्फ जाँदै गरेको ज १ प ९३६३ नम्बरको मोटरासइकल एक आपसमा ठोक्किँएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सिरहाका ३६ वर्षका राजु मेस्तर र वर्ष ३५ का फेकु मेस्तर रहेको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।

दुबैजनालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।

दुर्घटना भए लगतै मिनी ट्रक चालक फरार भएको र उनको खोजी कार्य भइरहेको भने समेत प्रहरीले जनाएको छ ।

तस्वीर : इन्यूजब्युरोबाट