बिनोद मण्डल आषाढ १४: सिरहाको दक्षिणी भागमा अवस्थित भगवानपुर गाउँपालिका अन्तर्गत पर्ने लहान ठाडी सडक खण्ड बेमानिको चपेटामा धरासायी बनेको अवस्थामा पुगेको छ ।

भारतीय भूमि लोकाहा नाका सिरहाको जयनगर पछिको प्रमुख मानिन्छ ।

पुर्व पछिम लोकमार्ग देखि करिब 10 किलोमीटर दक्षिणमा रहेको भगवानपुर गाउँपालिका लहान बजारको प्रमुख भारतीय नाका मानिन्छ जहाँबाट दिनहुँ हजारौं सवारी साधन सडकमा गुड्ने सडकको मध्य भागमा करिब 1 किलोमीटर मुख्य सडक खण्डमा कालोपत्रे भत्किएर माटोमा परिणत भएपछी आवत जावतमा कठिनाई उत्पन्न भएको छ ।

मुख्य सडकको अगाडी पछाडी कालोपत्रे भएपनि बीचको भाग हिलोमा परिणत भएपछि जिल्ला सडक कार्यालय सिरहाको ध्यान पुगेको छैन ।

दिनहुँ करोडौं राजस्व संकलन भइरहने नेपाल भारत बोर्डर जोड्ने सडक खण्डमा अवरोध खडा भएपछि सिरहाका स्थानिय निकाय लगायत प्रशासनिक निकायको मौनता देखेर अाम स्थानिय चिन्तित बढेको घडीमा मूल सडकको कारणले गाउँका शाखा बाटोमा बढी भारको कारण बाटोहरू हिलोमा परिणत भएपछि आज जीवनमा कठिनाई उत्पन्न भएको छ ।

बाटो अभावमा स्थानिय स्तरमा दैनिक जीवनमा कठिनाई महसूस भएको छ ।