मधेश टप डेस्क,

सिरहा : सिरहाको नवराजपुर गाउँपालिका वडा नम्बर– १ का वडा अध्यक्ष राम औतार यादवले एक भारतीय नागरिकलाई सार्बजनिक जग्गा बेचेको आरोप लागेको छ ।

तामासुईया गाउँमा रहेको सार्बजनिक पोखरीमा माटो भरी भारतीय नागरिकको लागी घर निर्माण गर्न लागेको खुलेको छ ।

सोही गाउँमा घर भएका स्थानिय पत्रकार जयनाथ यादवका अनुसार ठुलो मात्रामा रकम चलखेल गरी बिदेशी नागरिकलाई सार्बजनिक जग्गा दिईएको हो ।

पत्रकार यादवले भने– ‘वडा अध्यक्ष यादव न कुनै भेला डाकी भारतीय नागरीक ईद मोहम्मदलाई उक्त गाउँकोबासी बनाउन खोजिएको छ ।, उनको बिगत के कस्तो रहेको बुझदै नबुझी गैर कानुनी हिसाबले राजनैतिक स्वार्थपुर्तीको लागी बसाउन खोजिएको हो ।

 

उक्त बिषयमा सोधखोज गर्न स्थानिय पत्रकार यादव वडा कार्यालय पुगेपछी जनप्रतिनिधिले कुनैकिसिमको प्रतिक्रिया दिन चाहेन्न् उल्टै पत्रकार यादवमाथी दुव्र्यबहार गरेका थिए । मेरो कार्यकाल हो , अहिले म सत्तामा छु , मैले गरेको कुरा हुन्छ , तिम्रो जस्तो केटाले मलाई के गर्छ भनेर पत्रकार यादवलाई अध्यक्ष यादवले धम्की दिएको पिडित पत्रकारले बताए ।

वडा अध्यक्षद्धारा दिईएको जग्गा श्री जनता आधारभुत बिधालय तामासुईयाको हो । उक्त बिधालयको जम्मा ७ वटा पोखरी रहेको छ । बिधालयको आम्दानीको श्रोत रुपमा रहेको पोखरी मास्दा स्थानिय चिन्तित बन्न पुगेका छन् ।

यता दर्जनौ रैथाने मधेशी भुमिहिन भएको बेला जनप्रतिनिधिले आर्थिक प्रलोभनमा परी बिदेशी नागरिकलाई बसाउन खोज्नु कतिको न्याय संगत हो ? चिन्तनको बिषय हो ।