मधेशटप समचारदाता,

जनकपुरधाम :  समयमा विचार नगर्दा र बजेट सकाउने नीतिले बाटो घाटोमा विकास गर्दा बाटो पोखरीमा परिणत भएको नेपालको अधिकांश भागमा बस्तिहरु दुवानमा पर्ने भएकोले समय सीमा भित्र विकासको प्रक्रियाको थालनी गर्दा जनताले सास्ती भोग्नु पर्ने वाध्यता उत्पन्न नहुने भएकोले स्थानिय सरकार गम्भीर भएर विकासमा लाग्नुपर्ने देखिन्छ ।

नवलपरासी बर्दघाट 4 त्रिवेणी बाट शस्त्र हुँदै नगरपालिका जाने बाटोको दृश्य हो यो ।

कहाली लाग्दो पोखरीमा परिणत भएको यस ठाउँमा जनप्रतिनिधिले समयमा विचार नगर्दा बस्ती डुवानको उच्च जोखिममा रहेको छ । जनतालाई दैनिकीमा कठिनाई उत्पन्न भएकोले सम्बन्धित निकायले तत्काल ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ ।