मधेश टप 

सिरहा,असार १७ गते :सिरहा नगरपालिकाको वडा न.१७ का युवाहरुले बाटो हिलाम्मे भएपछि युवाहरुले व्यंग्य स्वरुप रोडमै धान रोपेका छन ।

सिरहा नगरपालिका-१७ खैरटोका माडर र पटेर्वा ,गम्हरीया,खर्सलवा जाने मुल बाटाे नबन्दा स्थानीयले मेयर र वडा अध्यक्षको विरोधमा धान रोपेका छन ।

स्थानीयका अनुसार ‘भोट बैंक भएको क्षेत्रमा अत्यन्त द्रुत गतिमा भौतिक बिकास हुनु र प्रतिपक्षीको क्षेत्रमा उदासीनता देखिनुले मेयर अशेश्वर यादवको संकिर्णता छर्लङ्ग भएको स्थानीयको गुनासो रहेको छ ।

‘ दिन्हु हजारौंको संख्यमा पैदल यात्री लगायत मोटरसाइकल आउजाउ गर्न समस्या समेत भैरहेको छ ।