बारा, असार १७ :

वीरगञ्ज पथलैया सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।

ज्यान जानेमा रौतहटका देवानी गोनाही नगरपालिका ३ बस्ने रघुनाथ यादवका छोरा २५ वर्षीय तीर्थराज यादव छन् ।

वीरगन्ज -पथलैया सडकखण्डको परवानीपुरमा मोटरसाइकल दुर्घटनामा यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक यादवको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा वीरगञ्ज पठाइएको र घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।