मधेशटप डेस्क,
कञ्चनपुर । जीउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको छ ।

पुनर्वास नगरपालिका–८ का हर्कबहादुर धामीलाई घरमै लुकीछिपी बसेको अवस्थामा बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमले बताए ।कञ्चनपुर जिल्ला अदालतको २०५४ चैत २० गतेको फैसलाले १५ दिन कैद भई धामी फरार रहेका थिए ।

पक्राउ परेका धामीलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।