मधेश टप
सिरहा,१८ असार : सिराहा–धनुषा जोड्ने कमला नदीको निर्माणाधीन पुल भासिएको विरोधमा सिराहामा युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।

हुलाकी राजमार्ग खण्डको कमला पुल भासिएको घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै शुक्रबार सिरहा सदरमुकाम सिरहामा प्रदर्शन गरेका हुन् ।

छानवीन गरि दोषीलाई कारबाही गर, कमसल निर्माण गरी भ्रष्टाचार गर्न पाइँदैन, हाम्रो भावनामाथि खेलबाड गर्न पाइँदैन, कमला पुल यथाशीघ्र निर्माण गरलगायतका नारा लेखिएको प्लेकार्डसहित स्थानीय अगुवा शम्भु साहको नेतृत्वमा प्रदर्शन गरेका छन् ।

१० वर्षदेखि निर्माणाधिन कमला पुल बिहीबार बाढीले भासिएको छ । सञ्चालनको तयारीमा रहेकोे पुल भासिएपछि स्थानीयहरु अाक्रोशित भएका छन् ।