मधेशटप डेस्क,

जनकपुरधाम : धनुषाको गणेशमान चारनाथ नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ का लागि ५३ करोड ७० लाख ७९ हजारको बजेट विनयोजन गरेको छ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकाले छैठौं नगर सभा सम्पन्न भएका छन ।
गणेशमान चारनाथ नगरपालिकाले प्रमुख रामबाबु यादवको अध्यक्षतामा नगर सभा भएको छ ।
आयोजित छैठौं नगर सभामा आ।व।२०७८÷०८९ को बजेट प्रस्तुत गर्दै नगरपालिकाका उप प्रमुख मिना कुमारी यादवले नगरपालिकाले तय गरेको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

छैठौं नगर सभामा उपस्थितहरुलाई गणेशमान चारनाथ नगरपालिका प्रमुख रामबाबु यादवले उपस्थित सबैमा धन्यवाद दिदैँ हामी ठुलो सपना बोकेर अगाडी बढिरहेका र तोकेको समयमा नगर सभा गर्नुपर्ने भएकोले टोलटोलमा छुटेका कामहरु अगाडी बढने प्रतिवद्धता जनाउनु भएको थियो ।

बालश्रम मुक्त नगर घोषणा गर्ने, नगरमा पर्यटकलाई आकर्षण गर्न पर्यटनमैत्री वातावरण सृजना गर्ने जस्ता नीति लिएको यादवले बताए ।

कार्यक्रममा नगरपालिकाका उप प्रमुख मिना कुमारी यादवले छैटौं नगरसभाबाट स्वास्थ्य शिक्षा, कृषि, सडक पूर्वाधार निर्माण क्षेत्रलाई प्राथमिकतामा राखेका उनले बताए ।

आर्थिक वर्षमा अधुरो एवम् गौरवका योजनाहरुलाई लक्षित गरिएको हो। नगरका नागरिकलाई प्रत्यक्ष लाभ हुनेगरी ठोस योजनाहरु प्राथमिकतामा राखिएका छन् । शिक्षा, स्वास्थ्यमा बजेट केन्द्रीत गरिएको छ ।

सम्पन्न नगर सभाबाट प्रत्येक वडालाई ६८ लाख रुपैया विनोयोजन गरेको उनले यस्तो जानकारी दिनुभएको छ ।
सामाजिक रुपमा सन्तुलित एवं राजनैतिक रुपमा स्वीकार्य विकास प्राप्तीकालागी समन्वय कायम गर्दै विकासका गन्तव्य, प्राथमिकता चयन गनुपर्ने विशिष्ट अवस्थामा विभिन्न तर्जुमाका आधार तथा बजेटका प्राथमिकताहरु रहेको छन ।
प्रत्येक वडामा स्वच्छ खानेपानी र सौर्य उर्जा एवम बैक्लपिक उर्जा विकासमा जोड दिने उहाँको भनाइ थियोे ।
यता, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मित्र प्रसाद काफ्लेले छुटेका कामहरु प्राथमिकतामा राखेको उनले जानकारी दिए ।

कोभिडको दोस्रो लहरको कारण मुलुक भर बन्दाबन्दि भएको यस्तो अवस्थामा यस नगर पालिकाका समेत प्रभावित भए तापनि तोकिएको समय सिमा भित्रै आगामी आ।व।को बजेट चालु आ।व।को अषाढ २० गतेदेखि २५ गतेसम्म नगरसभामा पेश गनुपर्ने कानुनी बाध्यता रहेकोले यस्तो विषम परिस्थितिमा समेत यहाँहरुको छोटो समयको निमन्त्रणालाई स्वीकार गरी आफना महत्वपूर्ण समय दिई यस नगर सभामा उपस्थित भएकाहरुप्रती धन्यवाद व्यक्त गर्नुभएको थियो ।

 

यता, गणेशमान चारनाथ नगरपालिका वडा नं १ का वडा अध्यक्ष रामसुख यादवले जेष्ठ नागरिकको हैसियतले नगद दस हजार रुपैया र दोसाला ओढाएर समान गरेको प्रती नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधिहरुलाई धन्यवाद दिएका छन ।

कार्यक्रमा प्रमुख प्रशासकिय , वडाअध्यक्ष, वडासदस्य लगायतका अतिथिहरुको उपस्थिती रहेकोे थियो ।