मधेशटप डेस्क,

जनकपुरधाम : जनकपुरधाममा एकै ठाउँमा विभिन्न रोगमा विशेषज्ञता प्राप्त चिकित्सकहरुद्धारा जाँच , उपचार र सहज रुपमा औषधी प्राप्त हुने भएको छ ।

प्रादेशिक अस्पताल देखि पानी टंकी जाने बाटोमा जनकपुर ईलाज घर संचालनमा आएको छ ।

आईतबार स्वास्थ्य मन्त्रालयका पुर्व निर्देशक,इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका डाक्टर गरिब दास ठाकुरद्धारा उदघाट्न गरिएको जनकपुर इलाज घरमा विभिन्न रोगमा विशेषज्ञता प्राप्त ५जना चिकित्सकद्धारा उपचार,विभिन्न लैब जाँच तथा सहज र सुलभ रुपमा औषधी प्राप्त हुने ईलाजघरका दीपक पाण्डेले बताए ।