मधेशटप समाचारदाता,

काठमाडौं : नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले राजनीतिक निकासका लागि ताजा जनादेशको माग गर्दै सडकमा प्रदर्शन गरेको छ ।

अनेरास्ववियुले आज काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि ‘वि वान्ट इलेक्सन’ भन्दै प्रदर्शन गरेको हो । विद्यार्थीहरूले ‘वि वान्ट इलेक्सन’ (हामी चुनाव चाहन्छौं) को नारा लगाएका थिए ।

अनेरास्ववियुले कांग्रेस, माओवादी केन्द्र सम्मिलित गठबन्धनलाई निर्दलीय गठबन्धनको संज्ञा दिएका छन् ।

‘राजनीतिक अस्थिरता, निर्दलीय सोच र प्रवृत्तिविरुद्ध एकजुट बनौं, ताजा जनादेशको पक्षमा जनमत सिर्जना गरौं’ भन्ने नारासहित अनेरास्ववियु सडकमा उत्रेको अध्यक्ष ऐन महरले बताउनुभयो ।