• विसुन देव सरदार
लहान :  नेशनल माईक्रोफाईनान्स लघुवित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय पोखरिया पर्साले बाढी पीडितलाई राहत वितरण कार्यक्रम सम्पन्न गरेको जानकारी प्राप्त भएको छ।
संस्थाले ५० घर परिवारलाई लक्ष्यित गरि २०/२० के.जी चामल , २ के.जी दाल , नुन र खाने तेल वितरण गरेका हुन।
गाउँका अति विपन्न गरिव परिवारलाई राहत दिइएको शाखा प्रमुख पंकज यादवले बताए ।
“प्रोपकार बिनाको जीवन व्यर्थ हुन्छ ” भन्ने भनाइलाई कदर गर्दै कार्यालयले आफ्ना कामकाजलाई निरन्तरता दिइएका छन।   संस्थाले बाढी , दैबिक प्रकोप जस्तो बाट सचेतता अपनाउन सबैमा आग्रह समेत गरेका थिए।
यो सँगै संस्थाले यी र यस्ता उद्धार र सहयोगको भावनालाई सधै आत्मसात गर्ने शाखा प्रमुख पंकज यादवले बताए ।