मधेशटप डेस्क,

जनकपुरधाम : प्रदेश न.२ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रि मा. शैलेन्द्र प्रसाद साह ज्यूको प्रमुख प्रमुख अतिथ्यमा र किसान संग सम्पर्क गराउने जनता समाजवादी पार्टीका(जसपा) का पूर्व जिल्ला अध्यक्ष चन्देश्वर महतो, निती आयोगका सदस्य पर्मिला सिंह ज्यू र कृषि ज्ञान केन्द्र धनुषाको सहयोगमा मिथिला न.पा. विभिन्न वार्ड का २०० किसानलाई १००० फलफुलका विरुवा वितरण गरेका छन ।साहले बताए  फलफुलको बिरुवा रोप्दा किसानलाई आर्थिक र पर्यावरण सुधारमा फाइदा पुग्ने जनाए ।

व्यवसाय गर्ने उद्देश्यले किसानहरुले फलफुलका बिरुवाहरु माग गरेको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख साहले जानकारी दिएको छ । बितरण भएका बिरुवाहरुमा आँप, लिची, रहेका छन् । बितरण गरिएका बिरुवाहरु अधिकांश कृषि ज्ञान केन्द्रको सहयोग मा अनुदान गरिएको हो ।

कृषि ज्ञान केन्द्र धनुषाले मिथिला नगरपालिका विभिन्न वार्डका २०० किसानलाई १००० फलफुलका विरुवा वितरण गरेका छन । फलफुलको बगैचा बनाउने उद्देश्यले किसानहरुबाट बिरुवाको माग भएको जिल्ला कृषि ज्ञान कार्यालयका प्रमुख साहले बताउनु भयो । ‘बगैचा बनाउने भनि माग भएका बिरुवाहरु बिभिन्न वडामा दिइएको छ’, शाहले भन्नुभयो .

फलफुल खेतीमा किसानहरुको आकर्षण बढीरहेको उहाँले बताउनु भयो । ‘बिगतका बर्षहरुमा पनि किसानहरुले फलफुलको माग राम्रै गरेका थिए’, शाहले भन्नुभयो, ‘४/५ बर्ष पछि किसानहरुलाई फलफुलले राम्रो प्रतिफल दिने छ ।’

बितरण गरिएका फलफुलका बिरुवाहरुमा कागती , आँप , लिची, समेत रहेका छन् । बितरण गरिएका बिरुवाहरुमा जिल्लाको वातावरण अनुसार ७० प्रतिशतभन्दा बढी बच्ने जिल्ला कृषि ज्ञान केन्द्र धनुषाको कार्यलय प्रमुखले शंकर प्रसाद साहले जानकारी  दिए।