मधेशटप डेस्क,

जनकपुरधाम ।  भूमि व्यवस्था, सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह ज्युले  भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि प्रदेश सरकारले अगाडि अझ राम्रो कार्य  गर्ने प्रतिबद्धता मन्त्री साहले जानकारी दिए। साथै यस कार्यक्रममा धनुषाको स्थानीय तहका प्रमुख र उपप्रमुखको उपस्थिति थियो।

भुमी भनेको हाम्रो मान, प्रतिठा समेत रहेको बताए।

आज आइतबार जनकपुरधाम उप- महानगरपालिका वडा न. १४ स्तिथ मुजेलियामा रहेको होटेल राजदरवारमा भएको जिल्ला स्तरीय अनुशिक्षण तथा अन्तर‌‌‌कृया कार्यक्रम भुमी ब्य्वस्था तथा कृषि सहकारी  मन्त्री साहले पद वहालीको सयदेखि अहिले सम्म भुमीमै अधिकतम समय यस भुमीको समस्या समाधान गर्नमा नै अहिले सम्ममा अलि अलि बाकी रहेको कारनले समयमै छिटो भन्दा छिटो समस्या सामाधान हुने बताए ।

काम गरेका महत्वपूर्ण उपलब्धिहरु सार्वजनिक गर्दै मन्त्रालय भूमिसँग सम्बन्धी सबै समस्या निरुपणका लागि वैज्ञानिक ढंगले योजनाबद्ध रुपमा काम अघि बढाएको बताएका हुन् ।

उनले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि भूमि सम्बन्धी समस्या समाधान आयोगको  वटा प्रदेश रहेको भए प्रदेश न.१ र प्रदेश न. २ का सबै  जिल्लाहरुमा जिल्ला समिति गठन गरेर स्थानीय तहहरुसँग सम्झौता गरी काम अघि बढाइएको जानकारी दिए ।

आयोगद्वारा स्थानीय तहहरुसँगको सहकार्यमा देशभरी भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुको लगत संकलन, नाप नक्साङ्कन, सत्यापन र अभिलेखन कार्यक्रमअन्तर्गत ६ सय ४ वटा स्थानीय तहहरुसँग सम्झौता भइसकेको मन्त्री साहले बताए ।

लगत संकलनका लागि भूमिसम्बन्धी समस्या समाधान आयोगबाट केन्द्रबाटै दैनिक संकलन भएको पनि बताए ।