जनकपुरधाम,२७ असार :

इलाका प्रहरी कार्यालय लाहानको प्रहरी हिरासतबाट एक थुनुवा फरार भएको घटनामा तीनजना प्रहरी निलम्बनमा परेका छन् ।

शुक्रबार राति हिरासतको ग्रिल तोडेर लागु औषध मुद्धामा फक्राउ परेका सिरहाको नवराजपुर नगरपालिका १ बस्ने पशुपति यादव फरार भएका थिए ।

सो घटनामा सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक, प्रहरी हबल्दार र एक प्रहरी जवानसहित तीन प्रहरीलाई निलम्बन गरिएको सिरहाका प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।