मधेशटप डेस्क,

राजविराज : दोस्रो संविधानसभा सदस्य तथा नेकपा एमाले की प्रभावशाली नेत्री रन्जु झा ठाकुरले सर्वोच्चको फैसला अस्थिरता निम्त्याउन राजनीतिक फैसला भएकोले आपत्तिजनक रहेको बताउनु भएकी छिन ।

कानुनको विद्यार्थी समेत रहेकी नेत्री झाले बहुदलीय व्यवस्थामा ,संसदीय प्रणालीमा दलको ह्वीप नलाग्ने कस्ता न्यायाधीशहरु जस्ले वहुदलिय व्यवस्थामा निर्दलिय व्यवस्थाको व्याख्या गर्नु भएको बताउदै यो बढो गम्भीर कुरा भएको आफ्नो आधिकारिक फेसबूकमा स्टाटस लेख्नुभएकी छिन।

“शक्तिपृथकीकरणको सिध्दान्त समेतलाई न्यायाधीशहरुले खिल्ली उडाउनु भो। बहुत दुःखद कुरा देश र जनताको हीत भन्दा कतै व्यक्तिगत हीतमा फसेको दुर्गन्ध आईरहेको छ । आजको दिन कालो दिनको रुपमा नेपाली जनताले मनाउनेछ ” लेख्नुभएकी छिन ।

“मुलुकमा अस्थिरता निम्त्याउनका लागि सर्वोच्चले राजनीतिक फैसला गरेको छ र यो देशलाई द्वन्द्व तिर लगिने फैसला हो ,जननिर्वाचित प्रधानमन्त्रीको ठाउँमा परमादेशको प्रधानमन्त्री बनाउने फैसला आपत्तिजनक र गम्भीर रहेको बताउनुभयो ।