जनकपुरधाम २८ असार:-  अनेरास्ववियुका कार्यकर्ताहरु द्वरा जनकपुरमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको पुत्ला जलाएका छन् ।                                                                          संसद पुनःस्थापनाको फैसलालाई असंवैधानिक भन्दै प्रधानन्यायधीश राणको पुत्ला जनकपुरको मिल्स एरियामा अनेरास्ववियुका कार्यकर्ताहरुले जलाएका हुन् ।

प्रहरीले अबरोध गर्न खोज्दा पनि उनीहरु पुत्ला जलाएरै छाडे । उनीहरुले प्रधानमन्त्री केपीशर्मा ओलीको पक्षमा र सर्वोच्च अदालतका प्रधानन्यायाधीश राणको विपक्षमा नाराबाजी समेत गरेका छन् । संसद पुनस्स्थापनाको फैसला आउनुअघि अनेरास्ववियुका कार्यकर्ताले जनकपुरमा मोटरसाइकल र्‍याली निकालेका थिए । लगत्तै फैसला आएपछि उनीहरुले जनकपुरको पिडारी चोकमा टायर बालेर प्रदर्शन समेत गरे ।