मधेश टप समाचारदाता, 

राैतहट  : ट्याक्टर दुर्घटना हुदा राैतहटमा दुई जनाकाे मृत्यु भएको छ ।

साेमवार राति करिब ११:५५ बजेको समयमा राैतहटकाे देवाही गोनाही नगरपालिका वडा नं.४ नजिक रहेकोे लालबकैयां नदीको बाँधको बाटो भएर जादै गरेकाे ना ४ त १५०७ नम्बरको ट्याक्टर बाँधबाट पल्टिँदा उक्त ट्याक्टरमा सवार ४ जनामध्ये २ जना मृत्युु भएको हाे भने २ जना घाइते भएकाे ईलाका प्रहरी कार्यालय देवाहीका प्रहरी निरिक्षक राजन लम्सालले बताउनु भयाे ।

नदीपारीटोल निवासी कबिन्द्र र पोखरियाटोल निवासी देवेन्द्र पटेल छोरा गोविन्दाको घटनास्थलमै मृत्यु भएको स्थानीय अशाेक पटेलले जानकारी दिए । त्यस्तै ट्याक्टर दुर्घटनामा नदिपारीटोल निवासी पाना पटेलकाे छोरा राकेशकाे अवस्था गम्भीर रहेको हुनाले उपचारको लागि बिरगंज पठाई ICU मा थप उपचार हुँदै छ । र ४ नं. वडा सदस्य श्रीमायाराम पटेलको छोरा कन्थपटेललाईकाे उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।

अहिले धान राेपाईकाे काम चलि रहेकाेले खेतमा हिलाे गरि उक्त ट्याक्टर फर्कि रहेकाे थियाे ।