सिरहा :  सिरहा जिल्ला मिर्चैया नगरपालिका – ०३, स्थित बलुवा टोल गाउँका श्रवण यादवको छोरा ३ वर्षीय बालक संस्कार यादव खेल्दै गरेका ठाउँ बाट अचानक बेपता भएका छन् । उनी सानो भाइ(काकाको छोरा)सँग गाउँ नजिकै रहेको नहर साइडको रोडमा खेल्दै गर्दा हराएका थिए ।

२७ असार बेलुका ५:३० बजे देखि छोरो बेपत्ता भएको बालकका काका महेशले बताए । खेलने क्रममा बालक दुई भाइ थिए र एक घर फर्के अर्को रोडबाटै बेपता भए बालकको बुबाले भने। सोनो भाइका अनुसार दुई जना मोटरसाइकल लिएर आए बालकलाई समातेर बाइकमा हालेर लगे। सानै बालक फेरि भन्छ नहरको पानी तिर लग्यो तर पिडीत परिवारले उक्त स्थानमा खोज्दा भेटेनन् बालकको काका महेशले बताए।

भेष्ट, पाइन्ट र चप्पल लगाएर खेल्दै अवस्थामा हराएका बालक मैथिली भाषामा कुरा गर्न सक्ने उनका काकाले जानकारी दिए ।
उनका काका अनुसार गाउँमा आपसी पार्टीको दुश्मनीले गर्दा अपहरण गरेको सङ्खा बुद्ध ऐक्सप्रेसलाई जानकारी दिए। यसअघि पार्टीको कारणले समेत झगडा भएको थियो।

इलाका प्रहरी कार्यालय मिर्चैयामा बालक हराएको जाहेरी पनि दर्ता भएको छ । प्रहरीले जाहेरीको सन्दर्भमा थप अनुसन्धान भइरहेको जनाएको छ।

यदि कोही कतै बालक फेला पर्ने महानुभावले नजिक प्रहरी कार्यालय, यसै मिडिया वा यो सम्पर्क नम्बर मा खबर गरिदिनु हुन अनुरोध गरिन्छ । ९८०७७४२७२८, ९८२४७१६५८९, ९८२४७४५४७४